सरकार र विप्लवबीच दोस्रो चरणको वार्ता सम्पन्न, सहमति नजिक


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
4.6K
SHARES

१९ फागुन काठमाडौ । औपचारीक वार्तामा जुटेको सरकार र विद्रोही नेकपाबीचको दोस्रो चरणको वार्ता पनि विषय केन्द्रीत भएर सकारात्मक दिशामा अघि बढेको सरीकारी टोलीले जनाएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता पछि आजै साँझ दोस्रो चरणको वार्ता भएको र बिषय केन्द्रीत भएर छलफल भएको सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिएका छन् ।

भट्टराईले दुबै वार्ता टोलीले बिषयमा केन्द्रीत रहेर छलफल गरेको र समान धारणाको नजिक पुगेको जनाएका छन् ।
सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापा र राजन भट्टराई र नेकपाको तर्फबाट खड्ग बहादुर विश्वकर्मा र दीपक चलाउने वार्ता टोलीमा रहेका छन् ।