सेयर बजारमा हरियाली
२० फागुन काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर हरियाली देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ९० दशमलव ६७ अंकले उकालो लागेर २ हजार ५ सय ६ दशमलव ६८ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ दशमलव ६७ अंकले उकालो लागेको छ । यस अघि बुधबारको कारोबारमा नेप्से परिसूचक ३९ अंक भन्दा धेरैले गिरावट आएको थियो ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ६ अर्ब रुपैयाँमा सिमित भएको छ । बुधबारको तुलनामा २५ करोड रुपैयाँ भन्दा धेरैले सेयर कारोबार रकम घटेको छ । दिनभर भएका ६५ हजार १७४ कारोबारबाट २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको छ ।