मन्त्रिपरिषद्को निर्णय: विप्लव माथिको प्रतिबन्ध फुकुवा


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७
3.9K
SHARES

२० फागुन काठमाडौ । नेपाल सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।आज बिहान सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो।

उक्त सहमतिलाई अनुमोदन गर्ने निर्णय पनि गरेको ती मन्त्रीले जानकारी दिए।