प्रधानमन्त्री भेट्न बालुवाटारमा विप्लव


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २१ २०७७
3.4K
SHARES

२१ फागुन काठमाडौ । आज बिहान नवलपरासीबाट काठमाडौँ आएका विप्लव सोझै बालुवाटार प्रवेश गरेका हुन्। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि बालुवाटार प्रवेश गरेका छन्।

विप्लव बा १३ च ३१३४ नम्बरको गाडी चढेर बालुवाटार प्रवेश गरेका हुन्। महासचिव विप्लव र प्रधानमन्त्री ओलीबीच भावी राजनीतिक रणनीतिबारे छलफल हुने श्रोतले बतायो।सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो।