मैले कोरेकै बाटोमा विप्लव आउनु भयो, पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २२ २०७७
6.7K
SHARES

२२ फागुन काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिमा आएकोमा खुसी व्यक्त गरेका छन् ।

अब विप्लवलाई पार्टीमा स्वागत गर्न चाहेको उनले सुनाए ।आज पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेताहरुलाई पनि पार्टी प्रवेश गरेका छन् ।

‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ । उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु’ उनले भने, छिट्टै यस्तो कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’