पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा मेरो कुनै हस्तक्षेप छैन – उद्योगमन्त्री
२२ फागुन काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताएका छन् ।
शनिवार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहि पनि हस्तक्षेप नगरेको बताएका हुन् ।
अन्य मुलुकको मुल्य कस्तो रहेको छ भन्ने अध्ययनको जरुरी रहेको पनि उनको भनाइ छ । भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पदार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए ।