आज प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ कार्यसूची


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २३ २०७७
7.3K
SHARES

२३ फागुन काठमाडौ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाका सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरुआत हुँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी छिन् ।

अधिवेशन सञ्चालन गर्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

सचिवालयले गत पुसमै अधिवेशनका लागि आवश्यक  तयारी गरिसकेकाले अहिले सामान्य सरसफाइ र कोभिड–१९ निसंक्रमणको व्यवस्थापन गरेको हो ।