एमाले र माओवादी केन्द्रले आधिकारिकता पाउने

तिवारी र किरातीको पार्टीले नयाँ नाम राख्नुपर्ने


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २५ २०७७
8.7K
SHARES

२५ फागुन काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि विधिवत रुपमा अलग भएका नेकपा एमाले र माओवादी केन्द्रलाई बैधानिकता दिन निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्दैछ ।सर्वोच्चले ऋषी कट्टेलको नेकपालाई आधिकारिकता दिएपछि केपी ओली र पुष्पकमल दाहालले नेतृत्व गरेको नेकपाको बैधानिक हैसियत सकिएको छ ।

दुबै समूहले अब साविकको नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूताउने कसरत थालिसकेका छन् ।यसैको सहजिकरण गर्न निर्वाचन आयोगले आजदेखि प्रक्रिया थाल्न लागेको हो । निर्वाचन आयोगमा यी दुई नाममा अलग अलग पार्टी दर्ता छन् । मोरङकी सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले तथा गोपाल किरातीको नेतृत्वमा माओवादी केन्द्र नामका पार्टी आयोगमा दर्ता छन्।

सर्वोच्चले एकता अघिको एमाले र माओवादी केन्द्रलाई ब्युताएपछि अब निर्वाचन अयोगले पनि यो नाम पुरानै पार्टीलाई दिने बताएको छ । यसका लागि तिवारी र किरातीलाई नयाँ नाम र चुनाव चिन्हका लागि औपचारिक रुपले निवेदन दिन आयोगले पत्राचार गदैछ ।