भट्टराईलाई भेट्न टोखा पुगे प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन २५ २०७७
7K
SHARES

२५ फागुन काठमाडौं । आजबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटवार्तालाई तीव्र पारेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा भेटे लगत्तै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न टोखा पुगेका छन् ।

टोखास्थित डा भट्राईको निवासमा प्रचण्ड पुगेका छन् ।आज दिउँसो माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकार गठन र संसद सञ्चालनबारे एमाले, कांग्रेस र जसपासित वार्ता गर्ने निर्णय गरेको थियो ।