ओली एकमिनेट पनि सत्तामा बसिरहने नैतिक्ता छैन – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७
9.9K
SHARES

२७ फागुन काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली एकमिनेट पनि सत्तामा बसिरहनुको तुक नरहेको बताएका छन् ।

जसपा, माओवादी केन्द्र र मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण चलिरहेकै बेला डा.भट्टराईले सर्वोच्चका दुबै फैसलापछि ओली एकमिनेट पनि सत्तामा बसिरहने कुनै तुक नभएको तर्क गरेका हुन् ।ओली प्रतिगमनका मुख्य खलनायक भएको आरोप लगाउँदै डा.भट्टराईले बुधबार साँझ ट्वीटरमा लेखेका छन्, ‘यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् ।

सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ! किन नबुझेको ?