ओलीले पार्टी एमालेलाई फुटाउँदैछन् – नेता खनाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
3.3K
SHARES

२८ फागुन कामठाडौं ।आज  नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खानलले ओलीले गरेका निर्णय अप्रत्याशित भएको बताएका छन् ।उनले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउन लागेको आरोप लगाउँदै भने, ‘मैले जे सुन्दै छु त्यो साँचो हो भने केपी ओलीले गौरवशाली पार्टी एमालेलाई फुटाउँदै छन् । तोडफोड गर्दै छन् भन्ने पुष्टि हुन्छ ।

हामी त्यसको प्रतिकार गर्छौं । कम्युनिस्ट आन्दोलन जोगाउन लाग्छौं ।’ अध्यक्ष ओलीले शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्य बनाएका हुन् । एमालेको केन्द्रीय कमिटीमा २४१ थिए ।

शुक्रवार ओलीले केन्द्रीय कमिटी बैठक बिस्तार गरेर २ सय ६४ जनाको बनाएपछि एक्लौटी निर्णय गरेकोमा आपत्ति जनाउँदै नेता खनालले ओलीले पार्टी फुटाउन खोजेको बताएका हुन् ।