अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८ २०७७
2.9K
SHARES

२८ फागुन विराटनगर । अबदेखि विराटनगरको नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ ।
एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।
शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । के एन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुनेछ ।
नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गरे ।