अहिले मलाई हटाए चुनाबपछि फेरि दुई तिहाईका साथ सिंहदरवार छिर्छु


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७
7.6K
SHARES

२९ फागुन काठमाडौ । आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले नसक्ने दाबी गरेका छन्। कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दाबीसमेत प्रधानमन्त्रीले गरे।

‘२०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ। अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छु,’ ओलीले भने।