एमाले विभाजनको अन्तिम अवास्थामा


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७
3.9K
SHARES

१ चैत काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारुढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ ।ओललिे पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल – माधव कुमार नेपाल समूहले पनि समानान्तर गतिविधि सुरु गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् रुपमा फर्किएको एमालेमा समानान्तर गतिविधिले पार्टी विभाजनको स्पष्ट रेखा कारेको हो ।प्रधानमन्त्री ओलीले शुक्रबार आफूपक्षीय केन्द्रीय सदस्यहरुको भेला गरेर पार्टीको विधानविपरीत खनाल-नेपाल समूहका नेताहरुको विभागीय र प्रदेश इन्चार्जको जिम्मेवारी खोसेका थिए । – कान्तिपुर