नारायणहिटिको फिल्म हल सञ्चालनमा आउदै


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १ २०७७
8.5K
SHARES

१ चैत काठमाडौ । नारायणहिटी दरबारभित्र रहेको फिल्म हल आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ। दरबार संग्रहालयका अधिकारीहरुका अनुसार ११६ अकुपेन्सी क्षमताको फिल्म हललाई सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। दर्शकले दरबारमा रहेका पुराना फिल्म र डकुमेन्ट्री हेर्न पाउने भएका छन्।

तत्कालीन राजपरिवारका सदस्य र आफन्तले मात्र फिल्म हेर्ने उक्त हल संग्रहालयमा परिणत भएसँगै नागरिकको लागि पनि खुला गर्न लागिएको हो। राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले फिल्म हेर्न पाउनेछन्। तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न २०२६ सालमा फिल्म हल बनाइएको थियो।

तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या हुनुपहिले २०५८ सालसम्म यो सिनेमा हल चालु थियो। २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भएपछि बन्द रहेको यो सिनेमा हल सञ्चालन गर्न थालिएको हो।