राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २ २०७७
4.2K
SHARES

२ चैत काठमाडौं । हिजो साझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली हिजो साँझ ७ बजे शितल निवास छिरेका थिए ।भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक विषय बारे छलफल भएको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमाले भित्र चर्को विवाद चलिरहंदा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको पछिल्लो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

डेढ घण्टाको छलफलपछि प्रधानमन्त्री ओली ८ः३० बजे शितलनिवासबाट बाहिरिएका थिए ।