आज राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र ३ २०७७
11.7K
SHARES

३ चैत काठमाडौं ।आज राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठकको आह्वान गरेकी छिन । सत्ता समीकरणका लागि दलहरुबीच तीव्र रुपमा छलफल चलिहरेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी हुन् । राष्ट्रपति भवन शितल निवासमा डाकिएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।

आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको एजेण्डा बारे कुनै जानकारी नगराइए पनि दलहरुबीच चलिरहेको सत्ता गठबन्धनका बारेको छलफलमा राष्ट्रपतिको चासो हुनसक्ने अड्कल गरिएको छ । विगतमा पनि नेकपाभित्रको विवाद मिलाउन राष्ट्रपति भण्डारी खेलेको भूमिकाको आलोचना हुने गरेको थियो ।

सोमबार राष्ट्रपतिले बैठक आह्वान गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेर भेट्ने इच्छा व्यक्त गरेका छन् । विगतमा पनि शीतल निवासमा राष्ट्रपति भण्डारीसँग दुबै अध्यक्ष रहेको नेकपाको विवाद मिलाउन लामो छलफल हुने गरेको थियो ।