सर्वोत्तमको बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्न अन्तिम तयारी


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ९ २०७७
5.9K
SHARES

९ चैत काठमाडौं।अब सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर संस्थागत लगानीकर्ता, स्थानीय जिल्लावासी र कर्मचारी तथा अन्य सर्वसाधारणका लागि आईपीओको रुपमा जारी गर्ने भएको हो।

कुल ६० लाख कित्ता शेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि, ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता शेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको हो।

कम्पनीले आईपीओको प्रति कित्ता शेयर मूल्य कम्तिमा ७ सय ५० रुपैयाँ रहने जनाएको छ। कम्पनीको आन्तरिक मूल्याङ्कनका आधारमा न्यूनतम शेयर मूल्य ७ सय ५० हुने अनुमान गरिएकोमा संस्थागत योग्य लगानीकर्ताहरुद्वारा बोलकबोल विधिबाट अझ बढ्ने सक्ने जनाएको छ।

सिमेन्टको आईपीओमा लगानीकर्ताले न्यूनतम ६० कित्ता शेयरका लागि आवेदन दिनु पर्ने बताइएको छ।

कम्पनीको आईपीओ जारी गर्ने क्यापिटल मर्चेटनको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह व्यवस्थापकमा एनआईबीएल एसीई क्यापिटल र प्रभु क्यापिटल रहेका छन्।