उपत्यकामा वायु प्रदूषणका कारण देखिन थाले यस्ता समस्या


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०७७
10K
SHARES

१६ चैत काठमाडौं। केही दिनयता राजधानी ढाकेको तुवाँलोले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका छन्। बाक्लो तुवाँलोका कारण आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन्।

चिकित्सकका अनुसार यस्तो तुवाँलोले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) का साथै फोक्सोसम्बन्धी समस्या देखिन सक्छ। ‘हालको तुवाँलोले फोक्सोको समस्या भएका र दमको बिरामीलाई बढी असर गरको छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘दीर्घरोग भएका व्यक्तिलाई यस्तो असर बढी देखिएको छ ।’

उनले धँमपान गर्ने, दीर्घकालीन जटिल रोग भएकालाई तुवाँलोले समस्यामा पारको  बताए। तुवाँलोकोमाध्यमले वातावरणमा पुगेको २.५ माइक्रोनभन्दा ठूलो वा सानो सुक्ष्म कण (पार्टिक्युलर मैटर) श्वासप्रश्वासको माध्यमले फोक्सोमा पुग्छ। त्यसपछि रगतको माध्यमले सबै अंगमा गएर असर गर्ने डा. चोखानीको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लँएचओ) को अनुसार १० माइक्रोन वा योभन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ। धेर बढी स्वास्थ्यलाई हानि पु¥याउने कण २.५ माइक्रोन वा योभन्दा पनि कम व्यासको हुन्छ । यो कण यति सानो हुन्छ कि यस्ता ६० वटा कण मनुष्यको कपालको चौडाइ बराबर हुन्छ।

पीएम २.५ फोक्सोभित्रको अवरोधकलाई छेडेर रगत प्रणालीमा प्रवेश गर्न सक्छ। यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगसँगै दीर्घकालमा फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ।

हावामा भएका अति सुक्ष्म प्रदूषक हाम्रो श्वासप्रश्वास र रक्त सञ्चार प्रणालीमा प्रवेश गररे मुटु, मस्तिष्क र विशेष गरी फोक्सोलाई नोक्सान पु¥याउने राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए। आजको कान्तिपुर दैनिकमा समाचार छ।