सिभिल बैंकको नेतृत्वमा फेरबदल


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८
5.1K
SHARES

८ वैशाख काठमाडौं। सिभिल बैंक लिमिटेडको नेतृत्वमा फेरबदल भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका गोविन्द गुरुङले पदबाट राजीनामा दिनुभएको तथा उक्त राजीनामा मिति २०७८।०१।०५गते बसेको संचालक समितिको बैठकबाट मिति २०७८।०१।१८ गते देखि लागु हुने गरी स्वीकृत भएको छ । साथै उक्त बैठकबाट बैंकका वर्तमान नायब प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

सिभिल बैंकमा बि.सं.२०६९ असोज २१ मा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गोविन्द गुरुङले बि.सं. २०७४ बैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा र बि.सं. २०७४ श्रावण ११ देखि प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका हुन् । बैंकले चेन्ज म्यानेजमेन्ट मार्पmत संस्थागत संस्कार, कार्यगत संस्कार, कर्जाको गुणस्तर, संस्थागत संरचनामा व्यापक सुधार गरी हालैको वर्षहरुमा व्यवसायको आयतनमा व्यापक वृद्धि गरेको हो । वहाँले प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दा बैंकको निक्षेप रु ३३ अर्व ८१ करोड, कर्जा रु ३१ अर्व १९ करोड, निष्कृय कर्जा अनुपात ४.६६%, शाखा संख्या ५१ थियो र हाल बैंकको निक्षेप रु ८७ अर्व ८९ करोड, कर्जा रु ८१ अर्व ४४ करोड, निष्कृय कर्जा अनुपात १.७०% तथा शाखा संख्या ११४ पुगेको छ । वहाँको कार्यकालमै यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स मर्जर भएको थियो ।

सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्ग तथा बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नायब प्रमुख कार्यकारी अधिकृत देखि प्रमुख कार्यकारी अधिकृतको हैसियतले बैंकमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै वहाँलाई हार्दिक धन्यवाद तथा नेपालबाट विदेशी बैंकको पहिलो प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गर्ने अवसर पाउनुभएकोमा हार्दिक बधाई दिंदै कार्य सफलताको शुभकामना दिदै वहाँको उज्वल भविष्यको लागी कामना गर्नुभयो । बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिनुभयो ।