आज मात्र ३५ सय बढीमा संक्रमण पुष्टि, १२ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८
2.9K
SHARES

१३ वैशाख काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जना कोरोना भाइरस कोभिड—१९ का संक्रमित थपिएका छन । १२ हजार ४ सय जनाको पिसिआर र ८ सय ९३ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ सय ७८ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन यो संगै हाल सम्म कोरोना निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ । निको हुने दर ९१.५ प्रतिशत रहेको छ ।

देशभर पछिल्लो २५ घण्टामा १२ जनाले कोरोना संक्रमण बाट ज्यान गुमाएका छन यो संगै हाल सम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ । हाल देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित छन ।