आज मात्र ४५ सय २४ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १४ २०७८
2.5K
SHARES

१४ वैशाख काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१५ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ र १ हजार ९ जनाको एन्टिजेन परक्षिण गर्दा १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ९६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण २४ घण्टामा मात्र १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार १९४ पुगेको छ।

कोरोना पोजिटिभ मध्ये मृत्युदर १.१ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज २३ हजार २२५ जना संक्रिय संक्रमित रहेका छन्।

उनीहरूमध्ये २३ हजार ३५२ जना होम आइसोलेसनमा, २ हजार ८७३ जना आइसोलेसनमा, ३१५ जना आईसीयूमा र ८४ जना भेन्टिलेटरमा रहेका छन्।