पूर्वप्रधानमन्त्री खनालको अक्सिजनको सपोर्टमा उपचार हुदै
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख २१ २०७८
7.9K
SHARES
२१ वैशाख काठमाडौं। अहिले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ। खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नर्भिक अस्पतालले बताएको छ।
अस्पतालका अनुसार उनलाई अक्सिजनमा राखेर उपचार जारी राखिएको छ। कोरोना भाइरसको संक्रमणपछि खनाल शनिबार अस्पताल भर्ना भएका थिए। अक्सिजनको सपोर्टमा राखिएको भएपनि उनको स्वास्थ्य सधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट