कोरोना संक्रमितबाट आज मात्र ५८ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २२ २०७८
3.5K
SHARES

२२ वैशाख काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ५८ जनाको मृत्यु भएको छ ।
आज थप १ हजार ९९३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।