आज पनि सुनको भाउमा गिरावट
Capital Headline
प्रकाशित मिति :
सोमबार, असोज १९ २०८३
114
SHARES
१९ असोज काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको ६० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४९० रुपैयाँमै कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट