आकस्मिक मन्त्रिपरिषदको बैठक बस्दै , के होला एजेण्डा ?


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
6.9K
SHARES

२३ वैशाख काठमाडौं। आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास गएका प्रधानमन्त्री ओलीले त्यहीँबाटै मन्त्रिपरिषद बैठक बोलाएका हुन्।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने छ।

मन्त्रिपरिषद बैठकको एजेन्डा भने मन्त्रीहरूलाई जानकारी गराइएको छैन। एमाले स्थायी समितिको बैठक सकिए लगत्तै राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका ओलीले मन्त्रिपरिषद्‌ बैठक त्यहीँबाट बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिन प्रतिनिधि सभा बैठक बोलाएका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले ओलीविरुद्ध मत दिने निर्णय गरिसकेका छन्। त्यस्तै जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले विश्वासको मत नदिने पक्का छ।

ओलीले हिजो मात्रै काँग्रेससँग छलफल गरेका थिए। काँग्रेसले विश्वासको दिन नसकिने जवाफ दिएको थियो।