मध्य भोटेकोशीको आईपिओ तत्कालको लागि स्थगित


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
6.1K
SHARES

२३ वैशाख काठमाडौ । आजबाट मध्य भोटेकोशी जलविद्युत कम्पनी आईपिओ तत्कालको लागि स्थगित हुने भएको छ। कम्पनी आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई निष्काशन गरेको आईपिओ तत्कालको लागि स्थगित हुने भएको हो।

सिन्धुपाल्चोक जिल्लामा निषेधाज्ञा लागु भएपछि हालको लागि आईपिओ निष्काशन प्रक्रिया स्थगित गर्ने तयारी भएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार कम्पनीले जिल्लामा निषेधाज्ञा भएकोले आईपिओ स्थगित गर्नको लागि पत्राचार गरेको छ। अब नेपाल धितोपत्र बोर्डको अनुमति लिएर आईपिओ स्थगनको सूचना प्रकाशन हुने क्यापिटलले जनाएको छ। धितोपत्र बोर्डसंगको छलफलपछि यसबारेको औपचारिक सूचना प्रकाशन हुने छ।

कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।