आज सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो, कति पुग्यो ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८
3.8K
SHARES

२४ वैशाख काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आ छापावाला सुन तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।