आज कोरोनाको कारण ५२ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २६ २०७८
2.5K
SHARES

२६ वैशाख काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा ४ हजार २२ जना कोरोना मुक्त भएर घर फर्किएका छन ।

आज काठमाडौं उपत्यकाको भक्तपुरमा ५ सय ४ जना, ललितपुरमा ५ सय ३३ जना र काठमाडौंमा ३ हजार १६१ जना संक्रमित थपिएका छन ।