माधव पक्षका यी ८ सासंदले ओलीलाई मत दिए


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
11.4K
SHARES

२७ वैशाख काठमाडौं। आज नेकपा एमालेको खनाल-नेपाल पक्षका ८ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्। नेपाल पक्षले बैठकमा सहभागी नहुने निर्णय गरेको भए पनि उनीहरू मतदानका लागि उपस्थित भएका हुन्।

८ सांसदले ओलीलाई विश्वासको मत दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका हुन्। संसद्मा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन्। आठ मध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन्। सांसद कलिला खातुन भने केही समय बैठक स्थलमा गएर फर्किएकी थिइन्।