खोप आयातमा भ्रष्टाचार भएको छैन – मन्त्री त्रिपाठी
२८ वैशाख काठमाडौं। आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताएका छन्।पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप आयातमा अनियमिता नभएको दावी गरेका हुन्।
उनले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस्। अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस्।’ कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य निकालेका थिए।
मन्त्री त्रिपाठीले भारतको सेरम इस्न्टिच्युटबाट ५० लाख डोज खोप किन खरिद हुन सकेन भन्ने त्यो भने खुलाएनन्।
उनका अनुसार सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन।