२४ घण्टामा कोरोनाबाट २२५ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८
2.8K
SHARES

२८ वैशाख काठमाडै । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २२५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।