मन्त्रीको लिस्ट तयार हुदै, यी हुन् ओलीका रोजाईका पात्र


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८
17.3K
SHARES

३१ वैशाख काठमाडौ । अहिले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीबारे छलफल गर्न आफू निकट नेतालाई बालुवाटार बोलाएका छन् ।

तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिन लागेका ओलीले क-कसलाई मन्त्री बनाउने भन्नेबारे आफू निकट नेतासँग छलफल गर्न लागेको स्रोत बताउँछ।

ओली बिहीबार प्रधानमन्त्रीमा पुनस् नियुक्त भएका थिए। आज राष्ट्रपति निवासमा ओलीले प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम छ। आजै ओलीले सानो आकारमा मन्त्रिपरिषद बनाउने भएका छन्। प्रधानमन्त्रीमा ओलीले सपथ लिएसँगै मन्त्रीहरूलाई पनि सपथ खुवाउने तयारी छ।

त्यसैका लागि ओलीले बालुवाटारमा नेताहरूसँग परामर्श गर्न लागेको एमालेका एक स्थायी कमिटी सदस्यले  बताए। उहाँले एक्लै सपथ लिने कुरै हुँदैन। आज सानो आकारमा मात्रै मन्त्री बनाउनु हुन्छ होला,’ उनले भने,

‘कसलाई मन्त्री बनाउने भन्नेबारे उहाँले अहिले छलफल गर्दै हुनुहुन्छ। केही साथीहरूको नाम उहाँले सोचिराख्नुभएकै होला  ओलीले पुरानै मन्त्रीलाई निरन्तरता दिन्छन् कि नयाँ नियुक्त गर्छन् भन्नेबारे अहिले टुंगो लागिसकेको छैन ।

सांसद नभएका पूर्वमाओवादी नेताहरू अब मन्त्री बन्न पाउँछन् कि पाउँदैनन् 

विश्वासको मत नपाएर पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि पनि दोहोरिने पक्कापक्कीजस्तै भएको छ । एमाले प्रवेश गरेका पूर्वमाओवादीका सात जना नेताहरू अहिलेको सरकारमा सहभागी छन्।

ती सातै जना नेताहरू सांसद छैनन्। खानेपानी तथा सरसफाइ मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा तामाङ पुस १० गते मन्त्री बनेका हुन्। उनीहरू सुरूदेखि नै सांसद थिएनन्।

सहरी विकास मन्त्री प्रभु साह, उद्योगमन्त्री लेखराज भट्ट, श्रम मन्त्री गौरीशकंकर चौधरी र ऊर्जा मन्त्री टोपबहादुर रायमाझी एमाले प्रवेश गरेसँगै उनीहरूको सांसद पद गएको छ।

चैत २७ गते उनीहरूले फेरि सपथ लिएका थिए। राष्ट्रिय सभाका सांसद रहेका गृहमन्त्री थापा पनि एमाले बनेसँगै सांसद छैनन्। उनले पुनः वैशाख ५ गते सपथ लिएका थिए।

संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्रै मन्त्री बन्न पाउँछ। ६ महिनामा दोहोर्‍याएर मन्त्री हुन पाउने कि नपाउने भन्नेबारेमा भने संविधानमा उल्लेख छैन।

संविधानको व्यवस्था अनुसार उनीहरूलाई फेरि मन्त्री हुन नरोकिने संविधानविद् विपिन अधिकारीको भनाइ छ । ‘उहाँहरूलाई कानुनले मन्त्री हुन रोक्दैन ।

६ महिनासम्म जति पटक सपथ लिए पनि केही भएन,’ उनले भने, ‘सांसद नरहेको व्यक्तिलाई किन फरक परिवेशमा मन्त्री बनाउनुपर्‍यो भन्ने प्रश्न उठ्छ। यो कानुनी भन्दा पनि नैतिकताको कुरा हो।’

वरिष्ठ अधिवक्तासमेत रहेका नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले संविधानमा प्रष्ट नलेखिएकाले कस्तो अभ्यास गरिन्छ भन्नेमा भरपर्ने बताए।