मन्त्रिपरिषद विस्तार हुँदै, नेपाल पक्षका यी नेताको चर्चा
३१ वैशाख काठमाडौं । आज नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दैछन । प्रधानमन्त्रीमा नियुक्त भइ पद तथा गोपनियताको शपथ लिए लगत्तै आजै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन ।
यही क्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षका केही सांसदलाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ। तर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मन्त्रिपरिषदमा कस कसलाई लैजाने भन्नेबारे टुंगो नलागिसकेको भए पनि भिम रावल, योगेश भट्टराई, घनश्याम भुसालको चर्चा रहेको बताएका छन । त्यसैगरी ओलीलाई सघाएका जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र महतो पक्षलाई कसरी लैजाने भन्नेबारेमा पनि टुंगो लागेको छैन ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन्। उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए। उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम सबैभन्दा ठूलो दलको नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।