नेपाल बङ्गलादेश बैंकद्वारा रेम्डेसिभिर सहयोग


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८
11.5K
SHARES

१ जेठ काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई ५,००० भायल रेम्डेसिभिर सहयोग गरेको छ ।

बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसँग मिलेर उक्त सहयोग गरेको हो । उक्त सामग्री बङ्गलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको हो ।

साथै बङ्गलादेश सरकारले पनि थप ५,००० भायल रेम्डेसिभिर औषधि सहयोग स्वरुप प्रदान गरेको छ । उक्त औषधि बङ्गलादेशबाट नेपालका लागि पठाइसकेकोे बताइएको छ ।

यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक र बङ्गलादेशको बेक्सिमको फर्मास्यूटिकल कम्पनीसँग मिलेर ५,००० भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।

बैंकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको जनाएको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।