आज कोरोनाको कारण १९६ जनाको मृत्यु , ८२०३ संक्रमित


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८
2.9K
SHARES

४ जेठ काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा आठ हजार २०३ जनामो कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९७९ जनाको परीक्षण गर्दा आठ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी २४ घण्टामा ६ हजार ८९१ जनाले कोरोना जितेका छन् भने १९६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या तीन लाख ५२ हजार ४१४ पुगेको  भने मृत्यु हुनेको संख्या पाँच हजार ४११ पुगेको छ ।