बस दुर्घटना हुदा चार जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८
2.9K
SHARES

५ जेठ नवलपरासी । आज पश्चिम नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको नवलपरासी प्रहरीले पुष्टि गरेको छ ।

काठमाडौँबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा पर्ने खुर्सानीखोलाबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले चार जनाको शव फेला पारेको पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए ।

दुघर्टनामा घाइते भए पनि फरार रहेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ ।

निषेधाज्ञाको बेला पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।