गण्डकीमा यी नेतालाई मन्त्रीको जिम्मेवारी


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८
11.2K
SHARES

५ जेठ काठमाडै । आज गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गर्दै ५ जनालाई मन्त्री बनाएका छन्। सबै पुरानै मन्त्रीलाई गुरुङले पहिलाकै जिम्मेवारी सुम्पिएका हुन्।

किरण गुरुङ, रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्साल मन्त्री नियुक्त भएका हुन्। उनीहरुलाई मन्त्रालय भने तोकिएको छैन।

नवनियुक्त सबै मन्त्रीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ गराउँदै छिन्। राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्ने योजना थियो। तर उनी विशेष कामले काठमाडौं गएको हुँदा बुधबार नियुक्ति र शपथ हुन सकेन।

गुरुङ २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए। कोरोना संक्रमणका कारण बिरामी परेको हुँदा उनले मन्त्रिपरिषद गठन गर्न सकेका थिएनन्। केही निको भएपछि उनले बुधबार मन्त्रीहरुहरु नियुक्त गरेका हुन्।