कोरोनाबाट १२९ जनाको मृत्यु , ८९८० जना संक्रमित


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८
2.8K
SHARES

८ जेठ काठमाण्डौं । ईज नेपालमा आज २४ घण्टामा ८९८० जना कोरोना संक्रमित थपिएका छन् ।

२० हजार १०५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

यसै गरी आज ८ हजार ८४८ डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

यसै गरी २४ घण्टामा कोरोनाबाट १२९ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ६१५३ पुगेको छ ।