राजाका अगाडि निहुरिने, राष्ट्रपतिलाई तिमी भन्ने – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ८ २०७८
3.4K
SHARES

८ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी भनेर सम्बोधन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् ।

ओलीले भने, “आज कांग्रेस सभापति देउवाको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाएई तपाईँसम्म भनिएको छैन । राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा यस्तो छ ।

सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एकजना कुलिन घराना पाखण्ड सिद्धान्तको आधारमा आएको राजा नामको पात्र भएको भए कस्तो कस्तो भाषा बोलेर निहुरिएर हात मुसारेर के के भाषा बोल्थे यिनै मानिसहरु ?”