नागरिकतासम्बन्धी विधेयक आएपछि नेता रावलले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८
3.1K
SHARES

१० जेठ काठमाडौं। एमालेका नेता भीम रावलले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो गुटलाई खुसी बनाउन नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाएको टिप्पणी गरेका छन्। कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याउनु आपत्तिजनक हरेको नेता रावलको भनाइ छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्री पद जोगाउन महन्थ-महतो गुट पक्षलाई खुसी तुल्याउन नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाइएको छ। यो निन्दनीय छ।’ रावलले विधेयक संसदबाट पारित हुन नदिने प्रधानमन्त्री ओली स्वयंले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा नागरिकतासमबन्धी विधेयक ल्याउनु आपत्तिजनक भएको उनको भनाए छ।

‘यो राष्ट्रिय हितप्रति बेवास्ता गर्ने र सत्ता स्वार्थको लागि जस्तो सुकै कुकर्म गर्न अग्रसर रहने राष्ट्रघाती प्रवृत्ति कै द्योतक हो’ उनले भनेका छन्। कुर्सी मोहका लागि प्रधानमन्त्री ओलीबाट विधेयक राज्य व्यवस्था समितिको प्रतिवेदनसहित संसद्मा पेस भइसकेको अवस्थामा अध्यादेश जारी गरिएको र यसमा नेपालको अस्मिता र दीर्घकालीन अस्तित्वसँग गाँसिएका विधेयकमा उल्लेखित विषयहरू नसमेटिएको उनको भनाइ छ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन्ः