कोरोना अपडेट : आज १८५ जनाको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८
2.6K
SHARES

१० जेठ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ७ हजार २२० जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा २० हजार ४५३ जनाको नमूना परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार ७ हजार १ सय ३५ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै हाल सम्म ३ लाख ९८ हजार ४ सय ८३ कोरोनामुक्त भएका छन्।

त्यस्तै आज १८५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५३१ पुगेको छ। हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.६ प्रतिशत रहेको छ।