सभामुखले बोलाएको बैठक नेम्वाङद्धारा बहिस्कार
११ जेठ काठमाडौ । आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफल कार्यक्रमलाई पूर्वसभामुख तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङले बहिस्कार गरेका छन् ।
उनले आफ्नो कार्यव्यवस्थता देखाउँदै बैठकमा उपस्थित हुन अस्वीकार गरेका हुन् ।दिउँसो १ बजेदेखि सुरु भएको छलफलमा नेम्वाङबाहेक सबै पूर्वसभामुखहरु उपस्थित छन् ।
छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा सशरीर उपस्थित छन् भने दमननाथ ढुंगाना र तारानाथ रानाभाट भर्चुअल माध्यमबाट उपस्थित छन् ।
सरकारले प्रतिनिधिसभा विघटन गरेको बारेमा सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गरेका हुन् । कानून विद्हरुले विघटनलाई असंवैधानिक भन्दै प्रतिनिधि सभाको बैठक बोलाउन सभामुखलाई सुझाब दिएको विषय बाहिरिएका बेला सभामुखले गरेको छलफललाई अर्थपूर्णं मानिएको छ ।