एमाले सुदूरपश्चिम : सरकारको समर्थन फिर्ता नलिने – संसदीय दलको निर्णय
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ १२ २०७८
4.8K
SHARES
१२जेठ काठमाडौं ।आज नेकपा एमालेको संसदीय दलको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज बसेको दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको प्रदेश सभा सदस्य अमरबहादुर साउदले जानकारी दिए ।
सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ताका लागि निर्देशन दिएको थियो । तर, बैठकले पार्टीको निर्देशन विपरीत निर्णय गरेको हो । सुदूरपश्चिम प्रदेशसभामा एमालेको खनाल–नेपाल समूह बलियो छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट