कोरोना संक्रमितको मृत्युदर घट्दै, आज १४५ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १२ २०७८
4.4K
SHARES

१२ जेठ काठमाडौ । पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार १९ हजार ३० जना पीसीआर र ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७१४ जनामा पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित काेराेना मुक्त भएका छन् भने १४५ संक्रमितको मृत्यु भएको छ ।  अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७७५ पुगेको छ भने४ लाख ११ हजार ६०३ निको भएका छन् । देशभ ६ हजार ८४५ संक्रमितको मृत्यु भएको छ ।