यसो भए मात्र पार्टी एकता बचाउन सकिन्छ – नेता विष्ट


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ १३ २०७८
26.9K
SHARES

१३ जेठ काठमाडौं ।आज एमालेका नेता गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने बताएका छन्।वसामाजिक सञ्जाल फेसबुकमा उनले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने दाबी गरेका छन्।

विष्टको सन्दर्भमा विभिन्न चर्चा बाहिर भएपछि उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै जेठ २ को बटमलाइन अघि सारेका हुन्। विष्टले पछिल्लो समयमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र मुद्दा मामिला गर्ने सन्दर्भमा माधव नेपाल पक्षमा हस्ताक्षर गरेका छैनन्। तर बुधवार नेपाल पक्षबाट जारी संयुक्त वक्तव्यमा भने उनको नाम छ।

सामाजिक सञ्जालमा विष्टले भनेका छन्, ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ। राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।’