कोरोना अपडेट : क्रमिक रूपमा घट्दै , आज ९६ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० स्वाब नमुना परीक्षण गरिएकोमा ६ हजार ९५१ को नतिजा पोजिटिभ आएको हो । १९ हजार ३१३ नमुनाको पीसीआर परीक्षण गर्दा ६ हजार ८५५ र ७९९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या पाँच लाख ४९ हजार ११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर नौ हजार ८४१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको छ ।