भेरी अस्पताल घटना : संलग्नलाई कारबाही गर्न सीडीओलाई उपप्रधानमन्त्रीको निर्देशन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
8.9K
SHARES

१४ जेठ काठमाडौं ।डआज उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हालिरहेका पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरुमाथि हदैसम्मको कारबाही गर्न निर्देशन दिएका हुन् ।

स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘अप्रिय, अमानवीय र गम्भीर अपराधिक’ भएको बताउँदै उनले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए । उनले यस घटनालाई सरकारले गम्भीर र संवेदनशील रुपमा लिएको पनि बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले घटनामा संलग्न तीनजनालाई पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही सुरु गरिएको उपप्रधानमन्त्री पोखरेललाई जानकारी गराए ।