मन्त्रिपरिषद्को बैठक बस्दै, यस्ता छन एजेज्ण्डा


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
2.8K
SHARES

१५ जेठ काठमाडौं। आज बजेट अध्यादेश सिफारिशका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

अर्थमन्त्री विष्णु पौडेलले आज अपराह्न ४ बजे बजेट सार्वजनिक गर्नेछन् । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।