यो बजेट कार्यन्वयन हुदैन – पूर्व अर्थमन्त्री महत


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
8.5K
SHARES

१५ जेठ काठमाडौ । नेपालमा सबै भन्दा बढी अर्थमन्त्री बनेका काँग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट राजनीतिक स्वार्थ पुरा गर्न मूल लक्ष्य राखेर ल्याएको र यो कार्यन्वयन हुन कठिन भएको दाबी गरेका छन् ।

यो प्रचारात्मक बजेट लोकप्रियतावादी खालको देखाउने र लागू गर्न र स्रोत परिचालन गर्न सक्ने गरी नआएको महतको तर्क छ । उनले यस अघि देखि नै अध्यादेशबाट पूर्ण बजेट ल्याउन नहुने धारणा सार्वजनिक गर्दै आएका थिए ।